र्यापर बादशाहलाई मनपर्दैन पार्टी, यसरी गर्छन् आफ्नो गीतमा पार्टी सिन!

र्यापर बादशाह हिट पार्टी गितको लागि चिनिन्छन्। भिडियो गितमा उनी मान्छेको भिडमा र्याप गर्छन् तर उनलाई पार्टी भने मन पर्दैन। बादशाहलाई   पार्टी मनै  पर्दैन। यो कुरा उनले कपिल शोमा बताएका थिए ।

द कपिल शर्मा शोमा  सोनाक्षी सिन्हा र र्यापर बादशाहले  पाहुना बनेर रमाइलो गरे । दुवैले फिल्म खानदानी ‘शफाखाना’ को  प्रमोशन  गरे। सोनाक्षी र बादशाहले  फिल्मलाई लिएर आफ्नो नयाँ निजी जिन्दगीको खुलासा गरे। सोनाक्षीले बताए कि उनलाई कुन अभिनेताको फेशन सेन्स राम्रो लाग्छ।  यो बाहेक बादशाहले आफुलाई पार्टी मन नपर्ने बताएका थिए।

बादशाहले बताए कि उनी पार्टी गर्दैनन् र पार्टी पनि इन्जोय गर्दैनन्। त्यसपछि कपिलले सोधे कि उनी कसरी आफ्नो गीतमा पार्टी सीन गर्छन्।  त्यसमा बादशाहले आफुले साथीको मद्दत  लिने बताएका थिए। शोमा  कपिल शर्माले दुवै स्टारसँग जमेर मस्ती गरे।  कपिलले  सोनाक्षीलाई बलिउडको कुन स्टार उनलाई स्टाइलिश लाग्छ भनेर सोधे ? यसको जवाफमा रणवीर सिंहको नाम लिईन् र उनलाई रणवीरको   फेशन सेन्स मनपर्ने बताएकी थिइन्।

यो बाहेक  सोनाक्षी सिन्हाले  रणवीर सिंहको तारिफ गर्दै भनिन्  कि उनी आफ्नो फेशन सेन्सले हरेकलाई इम्प्रेस गर्छन्।   ऋतिक रोशनको पनि तारिफ  गर्दै उनले  ऋतिकले जे लगाए पनि ह्यान्डसम र स्टाइलिश देखिने बताईन्। सोनाक्षी सिन्हाले  अक्षय कुमारको  फिटनेस  पनि तारिफ गरिन्। उनले भनिन् कि अक्षय बलिउडको सबैभन्दा हिट अभिनेता हुन् ।

प्रकाशित : आइतबार, साउन १९, २०७६११:५५

लामखुट्टेले किन टोक्छ त? जान्नुहोस अचम्म लाग्दो रहस्य…