मन्त्रिपरिषदले तोक्यो मन्त्रिपरिषद राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान

काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने निर्णय गरेको छ।

आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचन प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने निर्णय बारे जानकारी गराएका हुन्।

मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको पनि बाँस्कोटाले जानकारी गराएका छन्।

उनका अनुसार झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता रद्ध गर्नुका साथै नेपाली नागरिकबाट हटाउने निर्णय मन्त्रिपरिषदले गरेको हो।

प्रकाशित : आइतबार, साउन १९, २०७६१०:३०

“बकबक” नगर्न प्रचण्डको चेतावनी, “बकबक” गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिने !