“बकबक” नगर्न प्रचण्डको चेतावनी, “बकबक” गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिने !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्।

आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गरिसकेपछि सम्बोधन गर्नेक्रममा प्रचण्डले यस्तो चेतवानी दिएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले मात्रै ज्ञानेन्द्रलाई संरक्षण दिइएको प्रचण्डले दावी गरेका छन् । वर्तमान व्यवस्था विरुद्ध बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने प्रचण्डको चेतावनी छ।

पछिल्लो समयमा आएर राजा माहाराजाका केही दासहरुले सरकार मात्र नभई व्यवस्था नै फेर्ने बकबक गरिरहेको प्रचण्डको आरोप छ। शनिबार राजधानीमा राष्ट्रि्रय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएको प्रति लक्षित गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।

प्रकाशित : आइतबार, साउन १९, २०७६१०:४५

उदार मनले नागार्जुनमा बस्न दिएका हौं, बकवास गरे जनताले छुट दिँदैनन् : प्रचण्ड