मोदीको ‘च्वाइस’ : यति महँगो विदेशी ब्रान्डेका सामानहरु प्रयोग गर्छन् मोदी !

एजेन्सी – भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् १९८० मा भारतीय जनता पार्टीबाट आफ्नो राजनीतिक यात्राको थालनि गरेका हुन्। सन् २०१४ मा प्रधान मन्त्री बनेका मोदीको आगमन संगै भारतको विकाश निर्माण र देशको नाम विश्वसामु पुर्याउन निकै ठुलो  योगदान दिएका छन्।मोदीले दैनिक जीवन यापनमा कस्ता कस्ता चिजहरु प्रयोग गर्छन त ? भन्ने प्रश्न धेरैको हुन सक्छ । आज हामि नयाँ टेक्नोलोजीलाई औधी रुचाउने नरेन्द्र मोदीले पर्योग गर्ने स्पेसल सामानहरुको बारेमा जानकारी गराउने छौ।

१ – घडीका सौखिन र मोभाडो ब्राण्ड

तपाईले देख्नु भएको छ होला नरेन्द्र मोदी सधै हातको  देब्रे नाडीमा उल्टो गरि घडी लगाउछन् । उल्टो गरि घडी लगाउनु आफ्नो लागी लकी सावित हुने पनि उनको मान्यता रहेको छ। घडीमा उनलाई  मोभाड़ो , ईबेल , कोन्चर्ड,ईएसक्यु , कोअच ,हुगो बोस ,लाकोस्ट,जुसी काउचर तथा टमी हिलफिगर मन पर्ने ब्राण्ड हुन्। उनले लगाउने मोभाडो घडीको मूल्य हाल बजारमा भारतीय रुपैया ३९ हजार देखि दुई लाख सम्म पर्छ।

२ – जर्मनीको मो ब्ला कम्पनिको कलम

मोदी लेख्नको लागि कलम पनि ब्रान्डेड नै प्रयोग गर्छन्। उनि जर्मनीको एक उत्कृस्ट कम्पनि मो ब्ला को कलम प्रयोग गर्न रुचाउछन्। जसको मूल्य भारतीय १ लाख ३० हजार रहेको छ।

३ – कुन कम्पनीको फोन प्रयोग गर्छन त ?

फोनको कुरा गर्नु पर्दा नरेन्द्र मोदी एप्पल कम्पनीको फोन प्रयोग गर्छन् भने नेटवर्क प्रोवाइडर कंपनीको  भोडाफोनको  सिम प्रयोग गर्छन्। केहि बर्ष पहिले उनले आफ्नो फोनको स्क्रिन सट सार्वजनिक गरेका थिए। जसबाट उनले प्रयोग गर्ने फोनको  बारेमा सबैलाई जानकारी भएको थियो।

४ – चस्माको सौखिन

प्रधानमन्त्री मोदी चस्माको पनि निकै सौखिन छन्। उनि ईटालीको उत्कृस्ट ब्राण्ड ‘गुल्हारी’ कम्पनीको चस्मा लगाउछन्। जसको मूल्य बजारमा भारतीय रुपैया ३० देखि ४० हजार हुन जान्छ।

५ – पर्सनल ट्रेलरले सिलाएको कपडा लगाउछन्

मोदी कपडा लगाउनमा पनि उत्तिकै सौखिन छन् जति चस्मा र घडीमा रुचि राख्छन्। सन् १९८९ देखि हाल सम्म पनि उनि  बिपिन र जितेन्द्र चौहानको ट्रेलरमा कपडा सिलाउछम। उनले कपडा सिलाउन सुरुवात गर्दा सानो पसल भएको उक्त ट्रेलर हाल ‘जेड ब्लु’  कम्पनीको नामले  चर्चित छ।

६ -स्वास्थ्यमा विशेष ख्याल

विश्वभरी योगा र व्यायामको लागि जनचेतना जागृत गर्ने मोदी आफै पनि आफ्नो स्वास्थ्यको सम्बन्धमा विशेष ख्याल राख्छन्। उनि हरेक दिन शारीरिक कसरत र योगा गर्छन्। साथै दैनिक पानि पिउछन्। उनी चिसो पानी भन्दा पनि हल्का मन तातो पनि पिउन रुचाउछन्। यो पनि उनि स्वस्थ र फुर्तिलो हुनुको मुख्य कारण हो।

प्रकाशित : आइतबार, साउन १९, २०७६१२:१८

लामखुट्टेले किन टोक्छ त? जान्नुहोस अचम्म लाग्दो रहस्य…