हिट फिल्मको लाइन लगाएकी यी अभिनेत्रीको यस्तो समय आयो, जब उनी सडकमै सुत्थिन…

७० दशककी हिट एक्ट्रेस शशिकलाले करिब १०० बलिउड फिल्ममा काम गरिसकिन्। हाल अहिले उनी बलिउड भन्दा टाढा छन् । शशिको  पूरा नाम शशिकला जावलकर हो   । शशि एक मराठी परिवारमा पर्छिन् । उनले  आफ्नो जीवनमा निकै मेहनत गरिन्।  उनलाई आफ्नो पर्सनल लाइफमा पनि दुख नै मिल्यो। शशिकलाको श्रीमानको सोलापुरमा एक कपडाको  बिजनेस थियो । उनको ६ बिल्डिंग थियो

। शशिकलाले  डीएनएलाई दिएको एक अन्तर्वार्ता यस्तो भनेकी थिइन्, ‘ मेरो बुबाको पुरै  कमाई आफ्नो भाईलाई  पठाउनु हुन्थ्यो। उहाँ लन्डनमा पढी रहनुभएको थियो । हामी ६ जना थियौ । बुबाले आफ्नो परिवार भन्दा आफ्नो भाईको जरुरत पुरा गर्नुभयो। एक समय यस्तो पनि थियो हाम्रो काकालाई  राम्रो काम मिल्यो। तर उहाँले हाम्रो  परिवारलाई भुल्नुभयो। त्यस  समय हामी समस्यामा थियौ ।  करिब ८ दिनसम्म हामीले खाना खान पाएनौ  । हामी पर्खन्थ्यौ कि कसैले हामिलाई उनीहरुको घरमा लन्च डेटमा इन्भाइट गरोस्। त्यसपछि एकदिन मेरो बुबालाई धेरै मान्छेले भने कि शशिकला देख्नमा निकै सुन्दर छे र राम्रो  एक्टिंग पनि गर्छे। उसले फिल्ममा काम पाउछिन्। तब मेरो बुबा पुरै परिवारको साथ मुम्बई आउनुभयो। त्यस समय म ११ वर्षकी थिए।  मैले एक  स्टूडियो देखि अर्को  स्टूडियो गएर  काम खोज्न  सुरु गरे। यसैक्रममा मेरो भेट अभिनेता र गायिका नूरजहानसँग भयो।  नूरजहानलाई म राम्रो लाग्यो र उहाँले आफ्नो श्रीमानलाई भनेर मलाई फिल्ममा काम मिलाइदिनुभयो।’

यसरी नै  शशिकलाले १९४५ मा फिल्म  ‘जीनत’ मा काम गरिन् । यो फिल्ममा उनलाई २५ रुपैँया मिलेको थियो। यो फिल्मपछि उनले कैयौँ फिल्ममा काम गरिन्।  शशिकलाले अभिनेता केएल सहगलको   रिलेटिभ  ओम प्रकाश सहगलसँग बिहे गरिन्। यसैक्रममा शशिकलाले दुई छोरी जन्माइन।

शशि कला र उनको श्रीमानको झगडा यति भयो कि उनले आफ्नो घर परिवार छोडेर एक व्यक्तिसँग  विदेश गईन्।  यो उनको जीवनको सबैभन्दा ठुलो गल्ती थियो। यस बारेमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन् कि ति विदेशी युवकले पनि उनलाई  धेरै टर्चर दियो । त्यसपछि त्यहाबाट मुस्किलले मुम्बई फर्केर उनी पागल जस्तै  सडकमा घुम्न थालिन । शान्तिको खोजीमा उनी मन्दिरमा घुम्थिन्। फेरि उनी कलकता गइन् र मदर टेरेसासँग ९ वर्ष रहिन्।  जब अलिकति शान्ति मिल्यो फेरि मुम्बई आएर एक्टिंग सुरु गरिन्। शशिकला हाल आफ्नो कान्छी छोरी र ज्वाईसँग बस्छिन्। उनकी जेठी छोरीको क्यान्सरको कारण निधन  भईसकेको छ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१३:०४

पुष्प खड्काप्रति सम्राज्ञीको एकोहोरो प्रेम [ट्रेलर भिडियो]