पुष्प खड्काप्रति सम्राज्ञीको एकोहोरो प्रेम [ट्रेलर भिडियो]

काठमाडौँ, साउन २०। अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘मारुनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर  सार्वजनिक गरिएको हो । ‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका हुन् भने यस चलचित्रमा पुष्पल र सम्राज्ञीको अलावा रेविका गुरूङको पनि मुख्य भूमिका रहेको छ।

चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने चलचित्रमा संजय लामाको छायाँकन साथै अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । भदौ १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा पुष्प र  साम्राज्ञी रेविका बाहेक आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाइँ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको अभिनय रहनेछ ।यस चलचित्रमा निर्देशक नवल र गोविन्द फूयाँलको लेखन रहेको छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१३:२८

३ बलिउड जोडी जो श्रीमान-श्रीमती भन्दा ज्यादा आमा-छोरा जस्तो देखिन्छन!