काठमाडौँ । पर्याप्त मात्रामा पोषक तत्व पाइने केराले शरिरलाई निकै फाइदा दिन्छ । उर्जाबर्दक र बलबर्दकको लागि केरा खानु फाइदाजनक रहेको छ । आज हामी तपाईहरुलाई केरा कसरी खाने भन्ने बारेमा बताउन गइरहेका छौँ ।
सबैभन्दा फरक केरा खाने तरिका जुन तपाई धेरैको लागि नयाँ बन्न सक्छ । बेलुका सुत्नुभन्दा पहिले केरा लाई उमालेर खाने गर्नुहोस् यसको प्रभाव केही दिमा नै देख्न सक्नुहुनेछ ।यदि तपाईलाई रातीको समयमा निन्द्रा नलाग्ने समस्या रहेको छ भने उमालेर केरा खानु उपयोगी रहेको छ ।
केरामा पाइने क्याल्सियमले शरीरमा बल दिनुको साथै हडडीहरुलाई बलियो बनाउँछ । रातको समयमा निन्द्रा नलाग्ने समस्या रहेको छ भने सुत्नु भन्दा अगाडी हरेक दिन केराको चिया बनाएर पिउनुहोस् जसले गर्दा बिहान केही आराम भएको महसुस गर्नु हुनेछ ।
यस्तो समस्या छ भने पाकेको केरा र एक टुक्रा दालचिनी लिएर एक गिलास तातो पानीमा उमाल्ने । यसरी उम्लिएको केरालाई बोक्रासँगै सानो सानो टुक्रा पारेर काटेर पानीमा राख्ने ।त्यसलाई छानेर चिया जस्तै बनाएर पिउने । यसो गर्दा केही समयको लागि राहत मिल्नेछ ।
यसरी खाँदा तपाईको निन्द्रा राती खुल्छ भने सम्झनुहोस् तपाईको शरिरलाई फाइदाजनक हुन्छ । अक्सर कमैलाई थाहा होला केराको बोक्रा झनै उपयोगी रहेको छ । जसमा पाइने पोटासियम र म्याग्नेसियमले जर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत पुर्याउँछ ।