भक्तपुरको सुधारकेन्द्रमा माधवले पासो लगाएको सीसीटीभीमै देखियो…

भक्तपुरको सूर्यविनायक-९, नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा शनिबार बिहान दोलखाका ४४ वर्षीय माधव कार्की फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार कार्कीले दुई तले खाटमा पासो लगाएका थिए । कार्कीले ट्रयाक सुटमा रहेको तुनाको पासो बनाएको दृश्यनै सीसी टीभी फुटेजमै देखिएको बताइएको छ।

सुधार केन्द्रले भर्ना गरिएकाहरु माथि निगरानी गर्न राखेको सीसी टीभीमै कार्कीले आफ्नो ज्यान लिएको दृश्य कैद भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्।

मृतकको शव प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१२:५९

यी ५ बलिउड नायिकाले खाइसके जेलको हावा ! यी मध्ये एक रहेकी थिइन् देह व्यापारमा संलग्न