हरेक बर्ष झैँ फ्रान्सस्थित पेरिस शहरमा आयोजना हुने कान्स इंटरनेशनल फिल्म फेस्टिवल मे १४ देखिसुरु भएको छ। यसलाई सिने जगतको सबैभन्दा ठुलो फेस्टिवलको रुपमा मानिन्छ। जहाँ हरेक वर्ष बलिवुड तथा हलिवुड कलाकारको उल्लेखनीय सहभागिता रहन्छ। यस बर्ष पनि अन्य बर्षमा झैँ कलाकारहरुले आफ्नो फरक शैली र स्टाइलमा प्रस्तुत भईरहेका छन।
यस बर्ष बलिवुडका कलाकारहरुले सहभागिता जनाउदै छन। आज हामी बलिवुडका यस्ता अभिनेत्रीको बारेमा कुरा गर्न जादै छौं जसले कान्स फेस्टिवलको क्रममा आफ्नो ड्रेसअप र मेकअपको कारणले गर्दा चर्चा बटुल्न सफल भएका थिए। आउनुहोस
ऐश्वर्या राय बच्चन
बच्चन परिवारकी बुहारी तथा बलिवुडकी सफल अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण सदैब चर्चामा रहने गर्छीन। ऐश्वर्याले कान्स फिल्म फेस्टिवलमा समेत सहभागिता जनाईसकेकी छिन। जहाँ उनि आफ्नो मेकअपको कारणले गर्दा ट्रोल शिकार भएकी थिइन्।
सन् २०१४ मा ऐश्वर्याले लगाएको कपडाको खुबै चर्चा भएको थियो। जहाँ उनले लगाएको वेस्टर्न गाउनलाई दर्शकले खुबै आलोचना गरेका थिए।यसका अलावा सन् २०१६ मा उनले लगाएको लिपिस्टिकको कारण ट्रोल भएकी थिइन्। जहाँ उनको कपडा भन्दा पनि लिपिस्टिकको कारणले गर्दा ट्रोलको शिकार बन्न पुगेकी थिइन्।
दीपिका पादुकोण
बर्ष २०१८ मा अभिनेत्री दीपिका पादुकोण पनि पोशाकको बिषयलाई लिएर ट्रोलको शिकार हुन पुगेकी थिइन्। दीपिकाले यस फेस्टिवलमा पिंक रफ्लडू गाउन लगाएकी थिइन्।
कंगना रनौत
कंगनालाई ब्युटी आइकनको रुपमा मान्ने गरिन्छ। बर्ष २०१८ मा कान्स फेस्टिवलमा कंगना आफ्नो लुकका कारण ट्रोलको शिकार हुन पुगेकी थिइन्। कंगनाले लगाएको कपडा कर्ली कपालमा उनलाई बोल्ड देखिएको थियो। कंगनाको यस्तो लुकलाई देखेर उनका शुभचिन्तकले खुलेरै आलोचना गरेका थिए।
मल्लिका शेरावत
यस लिस्टमा सबैभन्दा पहिला आउने नाम हो अभिनेत्री मल्लिका शेरावतको। मल्लिकाले पनि कान्स फिल्म फेस्टिवलमा कुनै समय आफ्नो उपस्थिति जनाईसकेकी छिन। वर्ष २००५ मा मल्लिकाले लगाएको कपडालाई लिएर उनि ट्रोलको शिकार हुन पुगेकी थिइन्। जहा उनलाई क्रप टप र स्लिट स्कर्टमा बोल्ड अवतारमा देखिएको थियो।