हिन्दी सिनेमा जगतमा सर्पलाई लिएर कैयौँ फिल्म बनेको छ । यी फिल्ममा सबैभन्दा चर्चा भने ‘नगीना’ को भएको थियो। यो फिल्म १९८६ मा रिलीज भएको हो। यसमा श्रीदेवीले नागिनको भूमिका निभाएकी थिइन् । के तपाईलाई थाहा यो फिल्मको रोल गर्नको लागि श्रीदेवीको आँखाको ज्योति सधैँ लागि गुम्ने अवस्थामा पुगेको थियो।
‘नगीना’ फिल्ममा श्रीदेवीको नाम रजनी थियो जो एक नागिन थिइन्। एक वेब साइटको अनुसार नागिन बन्नको लागि श्रीदेवी थरि-थरिको लेन्स प्रयोग गर्थिन्। पटक-पटक लेन्स परिवर्तन गर्दा श्रीदेवीको आँखामा असर पर्यो। यहाँसम्म कि डाक्टरले उनलाई चेतावनी पनि दिएको थियो कि उनको आँखाको ज्योति जान सक्छ ।
सेटमा हुदा श्रीदेवी सधैँ आखामा औषधी हाल्थिन्। यो फिल्ममा श्रीदेवीको अभिनयलाई निकै मनपराइएको थियो। साथै फिल्ममा उनको आँखाको रङ देखेर फ्यान पनि डराएका थिए। यो फिल्ममा श्रीदेवी भन्दा पहिला जया प्रदालाई अफर गरिएको थियो तर फिल्ममा सर्पसँग स्टन्ट गर्नुपर्ने भएपछि उनले नाई भनेकी थिइन्।
‘नगीना’ फिल्मको लागि श्रीदेवीलाई फिल्मफेयर अवार्ड पनि दिईएको थियो। यो फिल्ममा श्रीदेवी बाहेक ऋषि कपूर पनि लीड रोलमा थिए। अमरीश पुरीले पनि भैरो नाथको भूमिका निभाएका थिए। यो फिल्म सुपरहिट रहेको थियो। यो फिल्ममा श्रीदेवीको डान्सलाई हिन्दी सिनेमा जगतमा सबैभन्दा राम्रो डान्स मानिन्छ। यो गितको बोल हो – ‘ मे तेरी दुश्मन दुश्मन तू मेरा।’
‘नगीना’ पछि श्रीदेवीले अर्को फिल्ममा पनि नागिनको भूमिका निभाएकी थिइन्, जुन ‘नगीना’ को सीक्वेल थियो। यो फिल्मकोनाम ‘निगाहें’ थियो । यो फिल्ममा सनी देओल र अनुपम खेर मुख्य भूमिकामा थिए । अनुपम खेरले यसमा गोरख नाथको भूमिका निभाएका थिए, जो भैरो नाथको भाई हुन्छन्।