यति धेरै घृणा किन भन्दै साम्राज्ञीले मागिन माफी, भिडियो सहित!

काठमाडौँ, साउन २२ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला तनाबमा छिन्। केहि समय अगाडी होलिडे मनाउन इन्डोनेशियाको बाली पुगेकी साम्राज्ञीले प्रेमीसंगको बोल्ड तस्विर सामाजिक संजालमा शेयर गरेपछि उनले धेरै नराम्रो प्रतिकृया पाइन् । त्यसपछि उनले सामाजिक संजालमा ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै एक पोस्ट शेयर गरिन । यसले गर्दा उनका फ्यानहरु झनै भड्किए । अहिले दर्शकको उनलाई हेर्ने नजर बदलिएको छ ।

साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारूनी’ र ‘रातो टिका निधारमा’ छिट्टै रिलिज हुदै छ । गत सोमबार अर्थात् साउन २० गते चलचित्र मारुनीको ट्रेलर रिलिजमा उनि बोल्ड अवतारमा उपस्थित भएकी थिइन् । ट्रेलर रिलिज भएपछि उनका को-एक्टर पुष्प खड्काले तारिफ पाइरहेका छन् भने उनले अझै र्शकको गाली नै सहनुपरेको छ । त्यसैले उनले सामाजिक संजालमा एक भिडियो शेयर गर्दै यस्तो भनेकी छिन्, ‘म माफी माग्न चाहन्छु जसले समय बर्बाद गरेर राम्रो काम गर्न छोडी अरुको कुरा काट्छ । यति धेरै घृणा किन? के पाउनुभयो अरुको अनुहारमा हाँसो देख्न नपाएर? मलाई यी  कुराबाट छुटकारा चाहिएको छ ।’

https://www.facebook.com/SamragyeeRLShah/videos/349295472628590/

प्रकाशित : बुधबार, साउन २२, २०७६०५:४४

स्व. सुष्माको घरमै गई हेमा मालिनीले दिईन श्रदान्जली, अमिताभदेखि सनीसम्मले गरे यसरी दुख व्यक्त!