छातीमा लात्त्ती खाई खाई प्रश्न सोध्ने तिम्रो मुटु यति कमजोर छ भन्ने लागेन भाइ : रवि लामिछाने

काठमाडौँ : पत्रकार रवि लामिछानेले करिब डेढ महिना अघिमात्र न्यूज–२४ बाट बिदा भएका पत्रकार शालिकराम पुडासैनीको दुखद घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

सोमबार राति पत्रकार पुडासैनी चितवनको एक होटेलमा मृत अवस्थामा फेला परेपछि सामाजिक संजालमार्फत पत्रकार लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् ; “स्तब्ध छु। मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक, सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।”

काठमाडौँबाट चितवन पुगेका पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा राति करिब १० बजे कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०५:४८

नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै लुटपाट गर्ने २ जना समातिए !