नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै लुटपाट गर्ने २ जना समातिए !

काठमाडौँ : नक्कली ‘सीआईबी’ बनेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि लुटपाट गर्ने उदयपुर घर भई कपन बस्दै आएका २३ वर्षीय दोर्जे तामाङ र सोहि स्थानका १९ वर्षीय नोर्बु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आईतबार साँझ चोरीका समान सहित पक्राउ परेका दुवैलाई सार्वजनिक गर्ने क्रममा साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।

उनका अनुसार पिडितले प्रहरीमा दिएको उजूरीका आधारमा अनुसन्धान गर्ने क्रममा दुवैलाई नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा ६६ प ३४८१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०६:०२

गंगारामको ससुराली पुग्ने सपना अधुरै , बाटोमै लियो मोटरसाइकलले ज्यान …