फिल्म ‘जबरिया जोडी’ को मनछुने गीत रिलीज [भिडियो]

अघिल्लो केहि हप्तादेखि फिल्म जबरिया  जोडीको  निर्माता फिल्मको गीत रिलीज गरेर प्रशंसकलाई निकै मनोरंजन दिईरहेका छन्। आज पनि निर्माताले  आफ्नो सोशल मिडिया ह्यान्डलमा फिल्मको एक गीत ‘ख्वाबफरोशी’ रिलीज गरेका छन्। यो गित अहिलेसम्म रिलीज भएको गीत भन्दा अलि फरक रहेको छ।

अघिल्लो गितहरु पार्टी र रोमान्टिक थियो भने यो गित त्यस्तो छैन । यो एक इमोशनल गीत हो ।  यसमा मन छुने पिडा लुकेको छ। अभिनेता सिद्धार्थ मल्होत्रा ​​र परिणीति चोपडाको आगामी रोमान्टिक  कमेडी फिल्म “जबरिया जोडी ” एक पक्रेर गरिने बिहेसँग आधारित छ । यो  प्रथा बिहार र उत्तर प्रदेश राज्यमा अहिले पनि भएको देखिन्छ।

जबरिया जोडीको दुवै लेखक संजीव. के. झा र प्रशांत सिंह यही राज्यको हुन्।  त्यसैले उनीहरुले तथ्यमा काम गर्दै कहानी यथावत रुपमा वास्तविक राखेर एक काल्पनिक रुप दिएका हुन्। फिल्म राम्रो देखिनको लागि उत्तर प्रदेशको  वास्तविक स्थानमा नै गरिएको छ । फिल्ममा जावेद जाफरी, अपारशक्ति खुराना, संजय मिश्रा र चंदन राय सान्याल जस्ता कलाकारको टोली रहेका छन्। शोभा कपूर, एकता कपूर र शैलेश आर सिंहद्वारा निर्माण गरिएको जबरिया जोडी  बालाजी टेलीफिल्म तथा कर्मा मिडिया एंड एंटरटेनमेंट प्रोडक्शन द्वारा बनाईएको फिल्म यही ९ अगस्टमा रिलीज हुदैँछ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०५:५५

रणबीरसँग ब्रेकअपपछि दिपिका कैयौँ पटक भईन डिप्रेशनको सिकार, गरिन् खुलासा