रणबीरसँग ब्रेकअपपछि दिपिका कैयौँ पटक भईन डिप्रेशनको सिकार, गरिन् खुलासा

चलचित्र ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘गोलियों की रासलीला- रामलीला’ जस्ता फिल्ममा निकै राम्रो भूमिका निभाएकी दिपिका  पादुकोण अभिनेता रणवीर सिंहसँग अहिले वैवाहिक जीवन बिताईरहेकी छन्। बिहे भन्दा पहिला दिपिकाको कैयौँ अफेयर सुनिएको थियो। उनको नाम अभिनेता रणबीर कपूरसँग जोडिएको थियो।

दिपिका पादुकोणको रणबीर कपूरसँग लामो समयसम्म सम्बन्ध रह्यो। अहिले दिपिकाले आफ्नो  संघर्ष र रणबीर कपूरसंग ब्रेकअप पछिको दिन सम्झिएकी छन्। हालै उनले वोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा आफ्नो  निजी जिन्दगी  र फिल्मलाई लिएर धेरै कुरा गरिन्। यहाँ उनले आफ्नो संघर्षको दिन याद गरिन् र बताइन् कि उनी धेरै पटक  डिप्रेशनको  सिकार भईसकेकी छन्।

दिपिका पादुकोणले भनिन् , ‘एक शब्द  जुन मेरो  डिप्रेशनको  अनुभवलाई निकै राम्ररी बयान गर्छ, त्यो हो संघर्ष। मैले हरेकसमय संघर्ष  गरे। मान्छे थोरै दुखी हुनुको साथसाथै मान्छे थोरै भ्रमित हुन्छ।’ हालै एक  अभिनेताले भने कि उनीसँग डिप्रेस हुनको लागि केहि खास छैन, मानौ  डिप्रेशन एक विकल्प हो।’  दिपिकाले श्रीमान रणवीर सिंहलाई लिएर पनि धेरै कुरा गरिन्।

दिपिकाको अन्तिम फिल्म पद्मावत थियो । उनीसंग अभिनेता रणवीर सिंह र शाहिद कपूर जस्ता कलाकार पनि मुख्य  भूमिकामा थिए।  यो फिल्मलाई निर्देशन संजय लीला भंसालीले गरेका हुन्।  फिल्म पद्मावतलाई दर्शकको साथसाथै फिल्म बक्स अफिसमा पनि हिट भएको थियो।

दिपिकाले अहिले फिल्म ‘छपाक’ को  शूटिंग सकिसकेकी छन्। यो फिल्मको निर्देशक मेघना गुलजार हो । फिल्ममा  दिपिकासँग  विक्रांत मेसीको पनि मुख्य भूमिका रहेको छ। यसमा दिपिकाले  एसिड अट्याक  पिडित  लक्ष्मी रोलको भूमिका निभाएकी छन्। दिपिका कबीर खानको ‘८३ ‘ पनि काम गर्दैछिन्। यसमा दिपिका रणवीरकी श्रीमतीको भूमिका निभाउदै छिन्।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०६:३५

अन्तत राखी सावंतले स्विकारिन बिहेको कुरा, गरिन् यस्तो खुलसा!