अन्तत राखी सावंतले स्विकारिन बिहेको कुरा, गरिन् यस्तो खुलसा!

अन्तत राखी सावंतले  आफ्नो बिहेको कुरा स्वीकारेकी छिन् ।  केहि समय पहिले राखीले बेहुली बनेको फोटो शेयर गरेकी थिइन् र त्यो फोटो भाइरल भएको थियो। त्यसपछि राखीले भनेकी थिइन् कि उनले बिहे  गरेकी हैनन् र यो ब्राइडल फोटोशुट रहेको बताएकी थिइन्। तर इन्टरनेटमा  हनीमूनको तस्विर भाइरल भएपछि  उनले आफुले बिहे गरेको खुलासा गरेकी छिन् ।

राखीले भनिन् , “म डराएकी थिए , हो मैले बिहे गरिसके। मेरो श्रीमानको नाम  रितेश हो  र उनी अहिले  यूकेमा छन्। बिहे गरेर उनी फर्किसके । मेरो भीजा आउन बाँकी छ र त्यसपछि म पनि जानेछु। म इंडिया जुन पनि काम गर्नेछु त्यो पछि पनि जारी राख्नेछु।  म टिभी शो प्रोड्यूस गर्न चाहन्थे र अब मेरो सपना पूरा हुदैछ।  यति राम्रो श्रीमान दिनुभएकोले म  जीससलाई धन्यवाद दिन चाहन्छु।”

 राखीको अनुसार डेढ वर्ष पहिले  रितेशले  एक अन्तर्वार्तामा उनलाई देखेका थिए। त्यसपछि रितेशले उनलाई म्यासेज गरेको थियो।  उनीहरुको म्यासेजबाट नै कुरा भयो। त्यसपछि  एक साथी बने र  कुरा अघि बढ्यो।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०७:१५

आमिर खानकी छोरीले गरिन यस्तो बोल्ड फोटोशुट!