कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना !

काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंह ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उपचारका लागि सोमबार मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि चिकित्सकको सल्लाह अनुसार नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

केहिदिन अघिदेखि स्वास्थ्यमा समस्या आएपछि उनी घरमै बसेर आराम गरिरहेका थिए ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०७:०३

नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय बनायो , कांग्रेसको प्रतिष्ठा चिन्ता नलिऔं : सांसद भुसाल