पत्रकार पुडासैनीको परिवारले भन्यो ; खुट्टा खाटमाथि टेकेको अवस्थामा आफैंले ज्यान फाल्न सक्दैन …

काठमाडौँ : सोमबार राति चितवनको एक होटेलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।

काठमाडौँबाट चितवन पुगेका पुडासैनी चितवनबाट पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा राति करिब १० बजे कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको विषयमा उनको हत्या भएको अनुमान गरिएको भन्दै आफन्त तथा परिवारले सत्यतथ्य छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।

हिजो करिब ३ बजे होटेलमा पुगेर २०२ नं कोठामा बास बसेका उनको एउटा खुट्टा खाटमाथि टेकिएको अवस्थामा रहनु, छेउमा अग्लो टेबुल रहुनु र कोठाको झ्याल खोलेर बाहिर जाने अवस्था रहनुले धेरै आशंका गर्ने बाटो देखाएको भन्दै उनका भाइ राजु पुडासैनीले आत्महत्या नभएको दावी गरेका हुन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- २ कुमरी घर भएका पत्रकार पुडासैनी बेलुकीको खाना खाने समयमा होटेलका कर्मचारीले बोलाउदा नबोलेपछि प्रहरीमा खबर गरि कोठामा प्रवेश गर्दा सो अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको परिवारले सत्यतथ्य बाहिर नआएसम्म शव जिम्मा नलिने अडान लिएका छन् । सालिकराम करिब डेढ महिनाअघि मात्र न्यूज–२४ मा रवी लामिछानेले संचालन गर्दै आएको सिधा कुरा जनतासँग कार्यक्रमबाट बिदा भएर माउण्टेन टेलिभिजनमा काम गर्दै आएका थिए ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०९:४७

प्रचण्डलाई शिव सेनाको जवाफ : पूर्वराजा बारे जथाभावी बोल्दै हिँडे हेगको व्यवस्था नेपालमै हुन्छ …