मेयरले आफ्नै गाउँमा कार्यालय सार्न ट्याक्टर लिएर गएपछि स्थिति नियन्त्रण बाहिर …

काठमाडौँ : मेयरले एकलौटी रुपमा कार्यालय सार्न खोजेपछि भएको विवादले उग्र रुप लिँदा धनुषाको हंसपुर नगरपालिकामा झडप भएको छ ।

नगरपालिका प्रमुख रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार हातपात भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

मेयर मण्डलले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा दुई पक्ष बीच हानाहान भएको बताइएको छ ।

सरकारले उक्त नगरपालिकाको कार्यालय बघचौडा तोकेपनि मेयर मण्डलले आफ्नै एरिया बेल्ही चोकमा कार्यालय संचालन गरि सरसामान लिन मंगलबार करिब ५०/६० जनाको समूह लिएर कार्यालय पुगेपछि उपमेयर झा पक्षले रोक्दा सो घटना भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्दा उपमेयर झासहित ६ जना भन्दा बढी घाइते भएका छन् । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ भने सो स्थानमा अहिले सुरक्षाकर्मी बाक्लो उपस्थिति छ ।

प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धन अघि बढाएको बताइएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६११:११

ओभरट्याक गर्ने क्रममा बस पल्टियो , १४ जना घाइते !