बिना मगरकै कारण मेलम्ची आएन, मुखमा आएको गाँस पनि फुत्कियो – कांग्रेस सांसदको आरोप

काठमाडौँ – नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जल श्रोतमा धनि भएर पनि जनताहरुलाई खाने पानि उपलब्ध गराउन नसकिएको प्रति चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधि सभामा बुधबार खानेपानि ऐन माथिको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद केसीले खाने पनि उपलब्ध भएको ठाउँमा पनि स्वच्छ खानेपानी उपलब्ध गराउन नसकिएको प्रति चिन्ता व्यक्त गरेका हुन्।

राजधानीमा समेत खानेपनि उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै उनले खानेपानि मन्त्री बिना मगरकै कारण मेलम्चीको पानि उपत्यकावासीले खान नपाएको आरोप लगाएका छन्।

“काठमाडौँ जस्तो ठाउँमा खानेपानि दिन सकिएको छैन।”,उनले भने,”अत्यन्तै दुखका साथ भन्नुपर्छ,तपाईकै कारण काठमाडौँवादीले मेलम्चीको पानि खान पाएनन्।”,उनले भने।

सचिव र मन्त्रीकै कारण सम्पन्न हुन लागेको मेलम्ची खानेपानि आयोजना रोकिएको उनको आरोप छ। उनले भने,”मुखमा आएको गाँस तपाई र सचिवको कारण काठमाडौँवासीको मुखमा पुग्न सकेन।”

प्रकाशित : बुधबार, साउन २२, २०७६०६:३९

नियमविपरीत होटल सञ्चालन गर्ने होटेल साउनी पक्राउ !