बालुवाटार आगोलागी : कोठामा पेट्रोल भण्डारनले आगो नियन्त्रणमा समस्या …

काठमाडौँ : काठमाडौंको बालुवाटारस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बुधबार मध्याह्न बालुवाटारस्थित चिनियाँ एम्बेसीसँगैको सुविसुको मुख्य सर्भर रहेको भवनमा आगोलागी भएको हो ।

बालुवाटारमा रहेको चिनियाँ एम्बेसीसँगैको घरमा आगो लागेको सूचना प्राप्त भएपछि घटनास्थलमा प्रहरी परिचालन गरि दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको  महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन जम्मा गरेको कोठाबाट आगलागी सुरु भएको र पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएकाले समय लागेको हो ।

दिउँसो पौने १ बजेबाट सुरु भएको आगोलागी करिब डेढ घण्टापछि साढे २ बजे मात्र नियन्त्रणमा आएको डीएसपी बोगटीले बताए । उक्त घटनामा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०९:०३

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत समातिए !