गर्भपतनले निम्त्याउँछ यस्तो जोखिम ! महिलाले मात्र नभई पुरुषहरुले पनि जानिराख्नुस् यी तथ्य..

गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ । गर्भपतनका औषधि सहज रूपमा उपलब्ध हुने भएकाले पनि आकस्मिक गर्भपतन गराउने युवतीको संख्या बढेको हो । खासगरी सहरदेखि गाउँसम्मै गर्भपतन गराउनेको संख्या बढिरहेको छ । असुरक्षित यौनसम्पर्कका कारण गर्भपतनका लागि अस्पताल धाउने युवतीको संख्या पनि उस्तै छ । तर, यस्तो क्रियाकलापले महिलाको स्वास्थ्यमा असर पर्न जान्छ ।

पहिलोपटक गर्भवती हुनुहुन्छ भने भुलेर पनि गर्भपतन नगर्नुहोला । यदि पहिलो बच्चालाई पतन गराउनुभयो भने अर्कोपटक बच्चा नबस्ने सम्भावना पनि हुन्छ । त्यसैले, पहिलो शिशु पतन गर्नु निकै संवेदनशील हुन्छ ।

पछिल्लो समय विभिन्न औषधिको प्रयोगबाट गर्भपतन गराउनेको संख्या बढ्दो छ । तर, यस्तो गतिविधिले थुप्रै साइड इफेक्ट निम्त्याउन सक्छ । जस्तो कि पाठेघरको क्यान्सर, पिसाबमा समस्या, महिनावारी गडबडी आदि ।

कम उमेरका किशोरीले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव हुने र त्यसकै कारण मृत्युसमेत हुन सक्छ । पटक–पटक गर्भपतन गराउने गल्ती पनि गर्नु हुँदैन । यसो गर्ने महिलामा मानसिक रोगसमेत देखिन सक्छ ।

गर्भपतन गराउँदा पाठेघरको ट्युब ब्लक हुने गर्छ । जसकारण पेट दुखिरहने समस्या हुन्छ । र, यस्तो समस्याले जीवनभर गाँज्ने गर्छ । गर्भपतन गराउनेमा किशोरीको संख्या बढी छ । कम उमेरमा गर्भपतन गराउँदा मानसिक रूपमा अशक्त हुने सम्भावना अत्यधिक हुन्छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१२:५०

लामखुट्टेबाट बच्चालाई कसरी सुरक्षित राख्ने? थाहा पाउनुहोस सजिलो उपाय!