लामखुट्टेको टोकाईबाट मलेरिया वा डेंगू जस्ता कैयौँ बिरामी हुन्छ । त्यसैले यसबाट बच्न जरुरी छ । लामखुट्टेले टोक्दा छिट्टै ज्वरो आउँछ। कुनै पनि रोगले छिट्टै बच्चालाई सक्रमण गर्छ । आजकल मौसम बदलिने र प्रदूषण बढ्ने कारणले लामखुट्टेको समस्या झनै बढी भएको छ। यस्तैमा यदि तपाईको घरमा सानो बच्चा छ भने उनीहरुको राम्रोसँग ख्याल राख्नुहोस्। जान्नुहोस कसरी बच्चालाई लामखुट्टेबाट बचाउने:
– तपाई कपूर स्ट्यान्डमा राखेर केहि कपूर बल्नुहोस। त्यसको धुवाले लामखुट्टे आफै भाग्छ।
– लामखुट्टे सधैँ गन्धबाट टाढा भाग्छ, त्यसैले तपाई प्याज र लसुन पिसेर छान्नुहोस र यसको रसलाई पानीमा मिलाएर कुनै स्प्रे बोतलमा भर्नुहोस र पुरै घरमा छर्नुहोस। यस्तो गर्दा लामखुट्टे भाग्छ।
– तोरीको तेलमा खुर्सानीको पाउडर हालेर जलाउनुहोस । यसको धुवाले लामखुट्टे भाग्नेछ । साथै तपाईको शिशु पनि सुरक्षित हुनेछ।
– क्रीम, रोल-वाइप्स स्टिक, वाइप्स, लोशन, मस्क्यूटो रेपेलेंट मेसिनको पर्योग पनि गर्न सक्नुहुन्छ। यसको कैयौँ फाइदा रहेको छ। यसले तपाईको बच्चालाई घरभित्र र बाहिर दुवै ठाउँमा सुरक्षित राख्छ।
– बच्चालाई झुलमा सुताउनुहोस् र घर सफा राख्नुहोस।