यी ३ बलिउड अभिनेत्री जसले ब्रेकअपपछि बाध्य भएर छोडपत्र गरेकासँग विवाह गरे

काठमाडौँ : बलिउड अभिनेत्रीहरुका सम्बन्धको बारेमा पछिल्लो समय कुनै न कुनै नयाँ खबरहरु आइरहन्छन्। प्राय: बलिउड नगरीमा प्रेमिल जोडीहरुबीच झगडा भईरहने खबर पनि आउने गर्छ। उनीहरुका झगडा कुनै पनि सानो कुरामा पनि हुन् सक्छ।

जुन कुरा हामी जस्ता आम मानिसहरुका लागि सामान्य हुन् सक्छ त्यहीं कुरा ठुला-ठुला हस्तीका लागि ठुलो र भयङ्कर कुरा बन्न सक्छ। तपाईले प्राय: सुन्नु भएकै होला बलिउडमा वर्षौं देखि सम्बन्धमा रहँदै आएका अभिनेता र अभिनेत्रीले एक चुट्कीमा सम्बन्ध तोडेका छन्।

आज हामी तपाईलाई बलिउडका तीन अभिनेत्रीका बारेमा बताउँदै छौं जसले आफ्नो जिन्दगीमा थुप्रै जनासँग सम्बन्ध गाँसे र ब्रेकअप गरे। र अन्तत: एक छोडपत्र गरेका पुरुषसँग वैवाहिक बन्धनमा बाँधिए। आउनुहोस्, जान्नुहोस् ती अभिनेत्रीहरु को-को हुन् त ?

बिपाशा बसु

बलिउडकी चर्चित अभिनेत्री बिपाशा बसुको पहिलो सम्बन्ध अभिनेता जोन अब्राहमसँग लामो समयसम्म चलेको थियो। दुवैको सम्बन्ध हेर्दा उनीहरुका सम्बन्ध वैवाहिक बन्धनसम्म पुग्ने अनुमान गरिएको थियो। तर सम्बन्ध सोचे जस्तो लामो समय टिकेन र दुवैले अचानक ब्रेकअप गरे। त्यस पछि बिपाशाले छोडपत्र गरेका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। करणले अभिनेत्री बिपाशासँग वैवाहिक बन्धनमा बाँधिनु अघि दुई अभिनेत्रीसँग छोडपत्र गरिसकेका थिए।

शिल्पा शेट्टी

बलिउडकी प्रसिद्ध अभिनेत्री शिल्पा शेट्टीको नाम बलिउडका थुप्रै अभिनेतासँग जोडिएको थियो। ती मध्ये सबैभन्दा बढी उनको नाम अक्षय कुमारसँग जोडिएको थियो। अक्षय कुमार र शिल्पाको सम्बन्ध निकै नै गम्भीर थियो तर केही कारणहरुले गर्दा दुवै जना अलग हुनु पर्यो। शिल्पाले पछि छोडपत्र गरेका राज कुन्द्रासँग विवाह गरिन्।

करीना कपूर

करीना कपूरको अफेयर लामो समयसम्म अभिनेता शाहिद कपूरसँग चलेको थियो। तर उनीहरुका गम्भीर सम्बन्ध चाँडै समाप्त भयो। अन्त्यमा करीना अभिनेता सैफ अलि खानसँग विवाह गर्न बाध्य भइन् जो पहिले नै छोडपत्र गरेर बसेका थिए। एजेन्सी

प्रकाशित : बुधबार, साउन २२, २०७६१३:०४

चर्चित भएर पनि यी ५ नायक भए लगातार फ्लप, हिट चलचित्र नदिएको “जुग” बितिसक्यो !