चर्चित भएर पनि यी ५ नायक भए लगातार फ्लप, हिट चलचित्र नदिएको “जुग” बितिसक्यो !

एजेन्सी – बलिउडमा को चल्छ ? को चल्दैन ? भन्ने ठेगान नै हुँदैन। कोहि लामो समय सम्म बलिउडमा टिकीरहन्छन् त कोहि छोटो समयमै गुमनाम हुन्छन्।

यस्तै केहि कलाकार लगातार हित फिल्म दिन्छ भने केहि लगातार फ्लप मात्र दिन्छन्। वर्षौ देखि हिट चलचित्र दिन नसकेका सुपरस्टार नायकहरु निम्न छन्।

बबी देओल

९०को दशकमा सर्वाधिक रुचाइएका नायक हुन्, बबी। तर पछिल्लो समय भने उनले काम पाउन पनि मुस्किल हुन छाडेको छ। सन् २०११ मा आएको ‘यमला पगला दीवाना’ पछि उनको कुनै पनि चलचित्र हिट भएको छैन। गत वर्ष सलमानसंग “रेस ३”मा देखा परेपछि चलचित्र खासै हिट हुन सकेन। त्यति मात्र नभई “रेस ३”मा उनले गरेको काम पनि ओझेलमा पर्यो।

सनी देओल

एक्सन चलचित्रमा कुनै एक समयमा सनीको राम्रो पकड थियो। उनी ९० को दशकमा एक्सन चलचित्रको क्षेत्रमा ठूलै स्टार थिए। तर अहिले भने उनको स्टारडम चल्न छाडेको छ। ‘यमला पगला दीवाना’ पछि सनीले पनि कुनै हिट चलचित्र दिएका छैनन्।

गोविन्दा

१६० भन्दा बढी चलचित्रमा काम गरिसकेका गोविन्दा पनि ९० को दशकमा आत्याधिक सफल रहे। जसक्रममा उनले कयौं हिट चलचित्र पनि दिए। तर पछिल्लो समय भने उनको कुनै पनि फिल्म हिट भएको छैन। सन् २००७ मा ‘पार्टनर’ पछि उनको कुनै पनि चलचित्र हिट भएको छैन। केहि महिना अगाडी मात्रै रिलिज भएको उनको चलचित्र ” रंगिला राजा” आएको र गएको पनि कसैले थाहा पाएनन्।

सैफ अली खान

सैफको ‘रेस २’ राम्रै हिट भएको थियो। त्यति मात्र नभई ‘रेस २’ले चर्चा पनि कमायो। तर यस चलचित्र पछि सैफले अहिले सम्म हिट चलचित्र दिएका छैनन्। यधपी वेबसिरिजमा भने उनी हिट छन्।

सुनील शेट्टी

वर्षौ देखि सुनील हिट चलचित्रको खोजिमा छन्। उनको पछिल्लो हिट फिल्म सन् २००७मा आएको ‘शूटआउट एट लोखण्डवाला’ हो। उनले त्यस यता १९ चलचित्रमा काम गरिसके। तर हिट भने कुनै पनि हुन सकेनन् ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१३:०७

बलिउडका यी द्विअर्थी तथा बहुअर्थी डायलग, जुन केटीहरुले सजिलै बुझ्न सक्दैनन् !