भोलि बिहानै ग्रहचक्रमा मंगलको उथलपुथल ! यी ६ राशि हुनेहरुलाई मिल्नेछ लाभै-लाभ

एजेन्सी – ज्योतिष शास्त्रको अनुसार ग्रहहरु आफ्नो-आफ्नो निर्धारित समयमा गोचर गरिरहन्छन्। यस्तै गोचरले हरेक राशिहरुमा फरक-फरक असर पर्ने हुन्छ।

यश, कीर्ति र सुख समृद्धिको प्रतिनिधि ग्रह मंगलले यहि साउन २४ गते ५ बजेर २७ बजे राशि परिवर्तन गर्दैछ। मंगल ग्रहले यस दिन कर्कट राशिबाट सिंह राशिमा गोचर गर्न लागेको हो।

यस ग्रहको परिवर्तनबाट सबै राशिहरुमा केही न केही असर पर्नेछ तर छ राशिहरुमा यस ग्रहको निकै नै शुभ संयोग बन्नेछ। मंगल ग्रहले हरेक ४५ दिनमा राशि परिवर्तन गर्ने हुँदा साउन २४ गते बाट ४५ दिन सम्म सबै भन्दा निम्न ६ राशि हुनेहरुलाई लाभ मिल्नेछ।

मेष राशि

मंगल ग्रहको राशि परिवर्तनले मेष राशि हुनेहरुलाई आर्थिक संपन्नता तर्फ दोहोर्याउने छ। रोकिएका कामहरु शुचारु हुनेछन्। नयाँ कार्यको थालनीको लागि पनि सम्पूर्ण क्षेत्रबाट सहयोग मिल्नेछ, वातावरण बन्नेछ। जागिरको शिलशिलामा सफल र लाभदायक यात्रा रहन सक्ला।

कर्कट राशि

मंगलको राशि परिवर्तनले कर्कट राशि हुनेहरुलाई धेरै नै लाभ पुर्याउन सक्ला। आफन्तजनसँग बिग्रिएका सम्बन्धहरु सुध्रिने छन्। प्रेम सम्बन्ध प्रगाड बन्नेछ भने पारिवारिक रुपमा पनि सुखद समय बिताउने मौका मिल्ने देखिन्छ। यस्तै अतिरिक्त धन प्राप्त हुन सक्ला।

सिंह राशि

मंगल ग्रहको राशि परिवर्तनले वैदेशिक यात्राको सम्भावना बन्ने देखिन्छ। जागिरे व्यक्तिहरुलाई पदोन्नती मिल्न सक्ला भने कामको उचित मुल्यांकन समेत मिल्ने देखिन्छ। स्वास्थ्यमा हुने सुधारले उर्जा बढ्न सक्ला। कानुनी रुपमा पनि लाभ मिल्ने देखिन्छ।

तुला राशि

मंगल ग्रहको राशि परिवर्तनले तुला राशि हुनेहरुको मान-सम्मान र प्रतिष्ठामा बढोत्तरी गराउन सक्ला। सामाजिक रुपमा दायित्व बढ्न सक्ला। क्षमताको सहि सदुपयोगले उत्तम परिणाम मिल्नेछ भने लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। सन्तानको साथले उत्साह समेत जगाउनेछ।

धनु राशि

परिवारको साथ मिल्नेछ। प्रेमीसँगको सम्बन्धमा सुधार हुनेछन् भने यात्राको अवसर समेत जुर्न सक्ला। प्रिय व्यक्तिहरुबाट विभिन्न उपहार समेत प्राप्त हुन सक्लान्। मंगल ग्रहको राशि परिवर्तनले धनु राशि हुनेहरुलाई प्रतिद्वन्द्वीहरू सजिलै पराजित गर्न उर्जा मिल्ने देखिन्छ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका मिल्न सक्ला।

कुम्भ राशि

मिहिनेतले नाम, दाम र इनाम मिलाउन सक्ला। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुन सक्ला भने तारिफयोग्य कामले धेरैको मन जित्ने मौका मिल्नेछ। मंगल ग्रहको कारण रोकिएका काम सम्पादन हुनेछन्। श्रम परे पनि विशेष उपलब्धि हासिल हुन सक्ला। अध्ययनको लगावले बौद्धिक रुपमा सफलता मिल्नेछ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१४:१२

यस्ता पत्नीहरुले दिन्छन् आफ्ना पतिलाई हरेक प्रकारका सुख