बाघ आतङ्क : तीन दिनमा बाघले २१ वटा बाख्रा मार्यो !

सांकेतिक तस्विर

ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो ।

बुधबार बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो । तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताउनुभयो । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताउनुभयो । रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परोको हुन सक्ने बताउनुभयो । सामान्तः पहाडी जिल्लामा माघ विरलै पाइन्छ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०४:२४

भारत र पाकिस्तान बीच फेरी युद्ध हुने संकेत : आफ्ना सेनालाई इमरानले दिए कडा निर्देशन !