काठमाडौँ , साउन २३ । आज बिहिबार पनि सुनको मुल्य बढेको छ । बुधबार तोलामा एक्कासी १५ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाले बढेको छ ।
बुधबार प्रतितोला ६८ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६९ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आज तेजावी सुनको मुल्य तोलामा ६९ हजार ७ सय रुपैयामा कायम रहेको छ । गत आइतबार देखि आजसम्म सुनको मुल्य तोलामा ४२ सय रुपैयाले बढेको हो । सुनको मुल्य लगातार बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले बढेको छ । बुधबार तोलामा ८ सय १० रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज तोलामा ८ सय २५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।