आइतबार यता लगातार बढेको सुनचाँदीको मुल्य आज स्थिर!

काठमाडौँ , साउन २४ । आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । गत आइतबार यता लगातार बढेको सुनको मुल्य आज स्थिर रहेको हो ।

बिहिबार प्रतितोला ७०  हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (७० हजार) मा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६९ हजार ७ सय रुपैयामा कायम रहेको छ ।  गत आइतबार देखि बिहिबारसम्म सुनको मुल्य तोलामा ४२ सय रुपैयाले बढेको हो । सुनको मुल्य  लगातार बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ ।  बिहिबार तोलामा ८ सय २५  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०५:३०

के तपाई सुनचाँदी हुनुहुन्छ? यस्तो छ आजको भाउ!