कट्रिना सलमानलाई नभई यी अभिनेतालाई मान्छिन मेहनती, को हुन् ति अभिनेता?

अभिनेत्री कट्रिना कैफ र अभिनेता  अक्षय कुमार एक-पटक फेरि पर्दामा आउनको लागि तयार भएका छन्।  एक न्यूज च्यानलसँग कुरा गर्ने क्रममा उनले राष्ट्रिय पुरुस्कार प्राप्त अभिनेताको तारिफ गरिन् ।  उनले भनिन् कि अक्षय सबैभन्दा धेरै हार्ड वर्किन्ग अभिनेता हुन्।  कट्रिनाले च्यानललाई बताइन्, “अक्षय सबैभन्दा मेहनेती अभिनेतामा एक हुन्।  मैले उनीबाट धेरै कुरा सिकेकी छु। उनको  कामको लागि  डेडिकेशन, टाइम पंक्चुयालिटी यो सबै अरुभन्दा फरक छ।” ‘सूर्यवंशी’ बाट कट्रिना र अक्षय ९ वर्षपछि सँगै काम गर्न थालेका छन्।

यो भन्दा पहिला  नमस्ते लन्डन , सिंह इज किंग, हमको दिवाना कर गए, वेलकम र तीस मार खान जस्ता फिल्ममा उनीहरुले सँगै काम गरेका थिए। निर्देशक रोहित शेट्टीले सिंघम र सिम्बापछि अर्को पुलिस ड्रामा सूर्यवंशी ल्याउदैछन्। अक्षयले २०१८ मा आएको फिल्म  सिम्बाको एक आतंकवाद-विरोधी  अधिकारीको रुपमा  पेश गरेको क्यारेक्टर  वीर सूर्यवंशीको भूमिका निभाएका छन्।  २७ मार्च २०२० मा रिलीज हुन लागेको यो फिल्ममा गुलशन ग्रोवर पनि छन्।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०६:५२

अन्तत शाहरुखको छोरीले गरिन फिल्ममा इन्ट्री, पोस्टरमा देखियो यस्तो लुक!