अन्तत शाहरुखको छोरीले गरिन फिल्ममा इन्ट्री, पोस्टरमा देखियो यस्तो लुक!

बलिउड बादशाह शाहरुख खानकी छोरी सुहाना खान सोशल मीडियामा निकै एक्टिभ रहन्छिन्। उनको फोटोहरु  प्राय: सोशल मिडियामा भाइरल भईरहन्छ।  उनको डेब्यूलाई लिएर प्राय प्रश्न आईरहन्छ। यस्तैमा शाहरुख खानकी छोरीको पहिलो पोस्टर बाहिरिएको छ। वास्तवमा शाहरुख खानकी छोरी एक्टिंगमा आफ्नो नाम बनाउन चाहन्छिन्। यो कुराको खुलासा शाहरुखले एक इन्टरभिउमा गरेका थिए। शाहरुखको फ्यान पनि सुहानालाई अनस्क्रीन देख्न निकै उत्साहित छन्। सुहानाको पहिलो शर्ट फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ को पहिलो  पोस्टर बाहिर आएको छ।

यो फिल्ममा मुख्य भूमिकामा सुहाना खान देखिदैछिन् । यो फिल्मलाई उनको  एक क्लासमेटले नै बनाएका हुन्।  फिल्मको  पोस्टरको कुरा गर्दा यो  फिल्मको  पोस्टर उनको  क्लासमेट थ्योडोर जिमीनोले आफ्नो अकाउन्टमा शेयर गरेका हुन्। यो फोटो सोशल मिडियामा निकै भाइरल भएको छ।   सुहाना खान प्राय आफ्नो स्टनिंग लुक्स र स्टाइलिश अन्दाजको कारण चर्चाको पात्र बनिरहन्छिन्। हालै सुहाना खानले लन्डनमा रहेर आफ्नो ग्र्याजुएशन सकाएकी छिन् ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०७:२२

२५ वर्षपछि यस्ता देखिए ‘हम आपके है कौन’ यी ५ कलाकारहरु, के गर्दैछन त अहिले?