सूरज बडजात्या निर्देशित फिल्म ‘हम आपको है कौन’ को २५ वर्ष पूरा भईसकेको छ। १९९४ मा रिलीज भएको यो फिल्म १०० करोड क्लबमा भित्रेको थियो। फिल्ममा सलमान खान र माधुरी दीक्षित लीड रोलमा थिए। रेणुका शहाणे, मोहनीश बहल, दिलीप जोशी सहित कैयौँ अभिनेता पनि मुख्य भूमिकामा थिए। अहिले यस फिल्मका स्टारकास्ट के गर्दैछन् त ?
रेणुका शहाणे
सलमानको भाउजु पूजाको रोल निभाउने रेणुका शहाणेले यो फिल्म मार्फत सबैको मन जितेकी थिइन्। यो फिल्ममा जब उनको मृत्युको सीन देखाइयो तब फ्यान भावुक भएका थिए। अहिले रेणुका शहाणे आफ्नो विवाहित जीवन र घरपरिवारमा व्यस्त छिन्। यधपी २०१४ मा उनी इम्तियाज अलीको फिल्म ‘हाईवे’ मा देखिएकी थिइन्।
मोहनीश बहल
‘हम आपके हैं कौन’ मा सलमानको दाईको भूमिका मोहनीश बहलले निभाएका थिए । मोहनीशले यो फिल्मपछि कैयौँ फिल्म र टिभी शोमा काम गरे। केहि समय पहिले फिल्म नोटबुकबाट उनको छोरी प्रनूतन बहलले बलिउडमा डेब्यू गरेकी थिइन्।
दिलीप जोशी
फिल्ममा दिलीप जोशीले भोला प्रसादको भूमिका निभाएका थिए। यो फिल्ममा उनी हरेक समय गर्लफ्रेन्ड खोजिरहन्थे। र अहिले टिभी शोमा चिनेजानेकै नाम छ। हाल उनी ‘तारक मेहता का उल्टा चश्मा’ मा देखिएका थिए। यो शोमा उनले जेठालालको भूमिका निभाएर जहाँ पनि फेमस भएका छन्।
माधुरी दीक्षित
‘हम आपको है कौन’ मा माधुरी दीक्षितले निशा नामको एक केटीको भूमिका निभाएकी थिइन्। फिल्ममा माधुरीको भूमिकालाई दर्शकले निकै मनपराएको थियो। माधुरीको अहिले पनि फ्यान फ्लोइंग निकै छ। माधुरीको अहिले पनि करोडौँ फ्यानहरुलाई उनको स्माइल मनपर्छ। माधुरी हाल ‘डांस दीवाने २’ मा जज गर्छिन्।
सलमान खान
यो फिल्ममा सलमान खानले प्रेमको भूमिका निभाएका थिए। प्रेमको भूमिकाको लागि सलमानले सबैको प्रेम पाएका थिए। ईदको खास मौकामा रिलीज भएको सलमान खानको फिल्म भारतले पनि जमेर कमाई गरेको थियो। उनको अपकमिंग फिल्मको लिस्टमा संजय लीला भंसालीसँग इंशाअल्लाह पर्छ । जुनमा उनीसगैँ आलिया भट्ट पनि हुनेछिन्। अहिले सलमानको दबंग ३ पनि शुटिंग भईरहेको छ।