साम्राज्ञी र अंकितको रोमान्स रहेको ‘मेरो माया के हो’ बोलको गित रिलिज [भिडियो]

काठमाडौँ, साउन २३ । चलचित्र ‘रातो टिका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोल रहेको गितमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-अभिनेता अंकित शर्मा फिचर छन् । बिहिबार दिउसो रिलिज गरिएको गितमा  साम्राज्ञी र अंकितको रोमान्स देख्न सकिन्छ ।

गीतमा नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ भने रवि मल्लको शब्द र दीक्षित पौडेलको संगीत संयोजन रहेको छ ।भिडियोमा पुरुषोत्तम प्रधानको छायाकंन, देव गुरुङको सम्पादन रहेको छ ।बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ ।

यस चलचित्रलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । ‘रातो टिका निधारमा’  अंकित शर्माको डेब्यु  चलचित्र हो । चलचित्रमा साम्राज्ञी र अंकितको अलावा नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतका कलाकारहरुले अभिनय रहनेछ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६११:३६

बलिउडका यी नायिकाहरु दिदी-बहिनी हुन्, हेर्नुहोस् !