बलिउडका यी नायिकाहरु दिदी-बहिनी हुन्, हेर्नुहोस् !

बलिउडमा धेरै नायिकाहरु कुनै नै समयमा प्रख्यात रहने गरेका छन्। आफु प्रख्यात भएसँगै आफ्नो दिदि बहिनी पनि प्रख्यात रहोस भन्ने चाहने गर्छन्। आज हामी तपाईलाई बलिउडका केहि यस्तो दिदि-बहिनिको बारेमा बताउने छौं। जो बलिउडमा देखा परे। कोहि दिदि-बहिनि बलिउडमा धेरै चले भने कोहि ठिकै चले भने कोहि चल्दै चलेनन्। हेर्नुहोस् दिदि बहिनीको जोडी:

करिश्मा र करीना दुवै बलिउड को हिट सिस्टर्स जोडि मध्य एक रहेको छ। बलिउडमा आफ्नो-आफ्नो समयमा उत्कृष्ठ अभिनयले मन्त्रमुग्ध बनाउन सफल भएका थिए करिश्मा र करीना।

प्रियंकाको नाम बलिउडमा मात्र नभएर हलिउडमा पनि प्रख्यात भैसकेको छ। साथै उनकी बहिनि परिणीति चोपडा पनि बलिउडमा राम्रै चलेको नाम हो।

डिम्पल र सिपल कपडिया बलिउडमा ८० को दशकका सफल नायिकाको रुपमा प्रख्यात रहेका थिए।

मलाइका र अमृता अरोड़ा बलिउडमा आइटम नम्बरको लागि प्रख्यात रहेका छन्। फैशनको मामलामा दुवै जना शीर्ष स्थान आउने गर्छन्।

शिल्पा शेट्टी बलिउडको सफल अभिनेत्रीको रुपमा रहे पनि उनकी बहिनि शमिता शेट्टी भने बलिउडमा खासै चल्न सकिनन्।

कटरीना कैफ बलिउड को शीर्ष एक्ट्रेसेस मध्ये एकमा पर्छिन् भने उनि आफ्नो बहिनि इसाबेल कैफलाई सलमान खानको साथमा बलिउडमा प्रवेश गराउने सोचमा रहेकी छिन्।

काजोल र तनीषा आफ्नै दिदि-बहिनि रहेका छन्। कजोल्ले बलिउडमा राम्रै पहिचान बनाउन सकेपनि तनिशाले भने खासै नाम बनाउन सकिनन्। उता रानी मुखर्जी पनि काजोलको सम्बन्धमा बहिनि पर्छिन्।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१३:०५

तीनै खानका चलचित्रलाई “हावा” खुवाउँदै गत वर्ष यी १० चलचित्रले कमाएका थिए अत्याधिक नाफा !