कुवेतमा कार्यरत दुई नेपाली युवकको ज्यान गयो…

काठमाडौँ : कुवेतमा कार्यरत दुई नेपाली युवकको बुधबार मृत्यु भएको छ ।

कुवेतको केजिएल कम्पनीमा कार्यरत दाङका शेर बहादुर मल्ल र काभ्रेका गोकर्ण घिमिरेको सवारी दुर्घटनामा परी निधन भएको हो ।

बुधबार काम सकेर कम्पनीबाट फर्वा्िनया निवास फर्किने क्रममा गाडीको चक्का पड्किएर इमर्जेन्सी लेनमा पार्किङ गरि बाहिर निसक्ने क्रममा विपरित दिशाबाट आएको ठूलो गाडीले ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा घिमिरेको घटनास्थलमै र मल्लको फर्वा्निया अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । उनीहरुको शव कानुनी प्रकृया पुरा गरि नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०६:४०

आर्थिक प्रलोभनमा पारेर ४१ वर्षीय युवकद्वारा बालकमाथि करणी…