काठमाडौँ : बालकलाई जबरजस्ती गरेको आरोपमा प्रहरीले तुलसीपुरमा एक युवकलाई पक्राउ गरेको छ ।
केहि दिनअघि एकजना बालकलाई करणी गरेको आरोपमा नेपालगंज उपमहानगरपालिका १४ बस्ने ४१ वर्षीय मविन भनिने भारतीय मुलका युवक पक्राउ परेका हुन् ।
केहि बर्षअघि सोहि स्थानका एक बहिरालाई जबरजस्ती गरेको आरोपमा जेल सजाय भोगेका मविनले आफ्नो वास्तविक थर लुकाएर बयानमा राइ बताएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बालकमाथि दुष्कर्म गरेपछि आर्थिक प्रलोभन देखाएका उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । उनी तुलसीपुरमा घरमा रङ लगाउने काम गर्दै आएको बताइएको छ ।