काठमाडौँ : राष्ट्रिय सरोकार मञ्चले सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को पुत्ला दहन गरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुबाट समेत निकाल्ने आशयको अभिव्यक्ति दिएको भन्दै मञ्चले प्रचण्डको पुत्ला जलाएको हो ।
वीरगञ्जको घण्टाघरमा जम्मा भएका मञ्चका सदस्यले प्रचण्डविरुद्ध नाराबाजी समेत गरेको बताइएको छ ।
गत आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान व्यवस्था विरुद्ध बोलिरहेको भन्दै पूर्वराजा शाहलाई जनताले नागार्जुबाट समेत निकाल्न सक्ने बताएका थिए ।
प्रचण्डको यो अभिव्यक्तिको शिव सेना नेपालले समेत खण्डन गरेको थियो ।