बनेपामा पानी तान्ने मोटरको तार खेल्दा बालकको ज्यान गयो …

सांकेतिक तस्बिर

काठमाडौँ : काभ्रेको बनेपामा करेन्ट लगेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार बिहान बनेपा नगरपालिका-१ नाला टुकुचामा पानी तान्ने मोटरको तार खेल्ने क्रममा ४१ महिने रिदेश श्रेष्ठको ज्यान गएको हो ।

बालकलाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

मृतक बालकको शव बनेपामा स्थित शीर मेमोरियल अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०९:०७

सत्तारुढ नेकपा सरकारी जग्गामा बसेर कांग्रेसलाई समेत लज्जित बनायो : विश्वप्रकाश शर्मा