ट्रेनिंग र ड्युटीमा व्यस्त धोनी : जुत्ता सफा गर्ने देखि यस्तो सम्म गर्दै देखिए ! [भिडियो]

एजेन्सी – भारतीय टोलीका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनी अहिले काश्मीरमा आफ्नो जिम्मेवारी सम्हाल्दै छन्।

३१ जुलाईमा काश्मीर पुगेका धोनी ड्युटीमा खटिसकेका छन्। धोनी सेनामा लेफ्टिनेन्ट कर्नल छन्। धोनी दक्षिण काश्मीरको भिक्टर फोर्स अन्तर्गत रहेर ड्युटी र ट्रेनिंग गर्दैछन्।

ट्रेनिंग गर्दै रहेका धोनीका विभिन्न तस्विरहरु सामाजिक संजालमा भाइरल भएका छन्। सामाजिक संजालमा भाइरल भएको एक तस्विरमा धोनीलाई जुत्ता तक्काउँदै गरेको देखिएको छ।

तस्विर माही क्याम्पमा हुँदा खिचिएको बताइएको छ। सामाजिक संजालमा तस्विर देखा परेसँगै धेरैले धोनीको सरलतालाई मानिसहरूले मन पराएका छन्।

भारतले विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेको विषयलाई जोडेर पनि धोनीको प्रसंशा गरिएको पनि सामाजिक संजालमा पाइएको छ।


केहि समय अगाडी मात्रै सामाजिक संजालमा देखा परेको एक भिडियोमा धोनी भलिबल खेल्दै देखिएका थिए।

सामान्य सैनिकको जस्तै व्यवहार गरिने

पहिला नै निर्धारित भए अनुसार ड्यूटीमा हुँदा धोनीले एक सामान्य सैनिक अधिकारीले गर्न पर्ने सम्पूर्ण कर्तव्य पूरा गर्नेछन्। तर उनलाई मुडभेड र आतंकवादी विरुद्धको मिसन भन्दा टाढा राखिनेछ।

धोनीलाई एक सामान्य सैनिकको जस्तै व्यवहार गरिने र कुनै पनि किसिमको सुरक्षा नदिइने भारतका थलसेना प्रमुख विपिन रावतले यस भन्दा अगाडी नै स्पष्ट परिसकेका छन्।

क्रिकेटबाट तत्काल सन्यास नलिने

धोनीले यहि महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएका थिए । भारत दुई साता अघि इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्न्यासको चर्चा चलेको थियो । तर धोनीले तत्काल सन्न्यास नलिने बुझिएको छ ।

धोनीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने इच्छा राखेको बुझिएको छ । टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:०७

राम्रो खेतीको लागि किसानहरुले अपनाय अचम्म लाग्ने तरिका, बाली-नालीमा छिट्छन् थाले रक्सी !