आज हामी तपाईलाई एक यस्तो युवतीको बारेमा बताउने छौ। जो धेरैको लागि प्रेरणा बन्न सक्छिन्। यी महिला हुन् बडी बिल्डर यास्मीन चौहान। यी महिला जिमको कमालबाट आफ्नो यस्तो शरीर तयार परिन कि अहिले उनि कुनै सेलेब्रिटी भन्दा कम छैनन्। कुनै समय थियो कि उनलाई देखे पछी नराम्रो भएका कारण भाग्ने गर्थे। तर अहिले उनको शरीर यति आकर्षक बनाएकी छिन् कि उनलाई देखेर जो कोहि पनि मदहोस रहने गर्छन्।
अघिल्लो वर्ष उनि मुम्बईमा भएको बडी बिल्डिंग कम्पटीशन ‘फिट फैक्टरमा भाग लिएकी थिइन्। जहाँ उनि फर्स्ट रनर अप बन्न सफल रहेकी थिइन्। अहिले उनि अगस्ट,सेप्टेम्भर तिर हुने दुई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूको तयारीमा रहेकी छिन्। उनले भारतमा हुने ग्लैडरैग्स मिसेज इंडिया-२००५को- ताज समेत हात परिसकेकी छिन्।
भरातको युपीमा स्थायी बसोबास गर्ने उनि अहिले भारतमा महिलाहरुको लागि प्रेरणाको बन्ने गरेकी छिन्। उनको सौख भित्र बडी बिल्डिंगको अलावा बाईक चलाउनु पनि पर्ने गर्छ। उनलाई अहिले भारतमा ‘आयरन वूमेन’को नाममा चिनिने गर्छ भने अहिले उनि हरेक बडी बिल्डिंग प्रतियोगीतागरुमा भाग लिने गरेकी छिन्।
शरीर उत्कृष्ठ फममा हुनुका साथै उनि सुन्दर पनि छिन्। उनको जिवनमा धेरै उतार-चाडब आए पनि उनि आफ्नो जीवनमा डटेर लडेको कारण सफल भएको बताउने गर्छिन। कुनै समय उनको शरीर भद्दा भएका कारण कज्जित हुने गरेता पनि अहिले उनि आफ्नो शरीरका कारण गर्व गर्ने गर्छिन्।