छाला देखि पेटसम्मको लागि वरदान हो सात्तु, मधुमेह र मोटोपन लागि झन् फाइदाजनक

काठमाडौँ : मुलुकभर अहिले निकै गर्मी बढिरहेको छ, विशेषगरी तराई क्षेत्रमा। मानिसहरुका लागि घरबाट बाहिर निस्कन मात्र नभई घरभित्र बस्न पनि मुश्किल भईरहेको छ। मानिसहरु गर्मी र लुबाट बच्नको लागि थरी-थरीका उपायहरु अपनाईरहेका छन्। कोही रुखको चिसो र शीतल छहारी खोजिरहेका छन् त कोही आइसक्रिम र कोल्डड्रिंक्सले आफ्नो अतृप्त प्यास मेट्ने प्रयास गर्दै छन्। यी सबै चिजले तपाईलाई केही बेर अवश्यै राहत मिल्नेछ तर गर्मीमा सुकुन भने पाउनुहुने छैन। गर्मीयाममा सात्तु अत्यन्तै फाइदाजनक हुन्छ।

सात्तु स्वदेशी कोल्ड ड्रिङ्क्सको नामले पनि चिनिन्छ। यसलाई तपाई आफ्नो घरमै बनाउन सक्नुहुन्छ। सात्तु भुटेको जौ र चनालाई पिसेर बनाइन्छ। सात्तुलाई नेपालमा अत्यन्तै मन पराइन्छ। यो थुप्रै व्यञ्जन बनाउन पनि प्रयोग हुन्छ। सामान्यतः सात्तु पिठोको रुपमा हुन्छ जसलाई पानीमा घोली पिईने गरिन्छ। यसलाई चियासँग मिसाएर पनि पिउन सकिन्छ। गर्मीको मौसममा यसले तपाईलाई लामो समयसम्म कुल राख्नेछ र यसले कुनै बेफाइदा पनि गर्दैन् परन्तु चनाको सात्तुको सर्बत स्वास्थ्यको लागि लाभदायक हुन्छ। यसको सेवनले पेटका थुप्रै समस्याहरुबाट छुटकारा मिल्दछ। त्वचा र कपालको लागि पनि चनाको सात्तु फाइदाजनक हुन्छ। सात्तुमा फाइबर र कार्बोहाइड्रेट हुन्छ। सात्तुले शरीरलाई ठण्डा राख्दछ।

सात्तुका फाइदाहरु :

गर्मीमा टन्टलापुर घामको कारण शरीर पसिनाले निथ्रुक्क भिज्छ। जसको कारण शरीरमा पानीको कमी हुन्छ। यसले हाम्रो इनर्जी लेवल पनि डाउन हुन् लाग्छ। यस्तो स्थितिमा सात्तुले तुरुन्त इनर्जी दिने काम गर्छ। सात्तुको सेवनले शरीरलाई ठण्डा राख्दछ जस कारण गर्मीमा यसको सेवन गर्न सल्लाह दिईन्छ। यसले पेटलाई ठण्डा राख्न मद्दत गर्दछ जसको कारण व्यक्तिलाई लु लाग्न पाउँदैन। सात्तुले शरीरको तापमानलाई नियन्त्रणमा राख्दछ, जस कारण पेट सम्बन्धी थुप्रै बिमारीबाट बच्न सकिन्छ।

चनाको सात्तुमा मिनरल्स, आइरन, म्याग्नेसियम र फस्फोरस पाइन्छ जसले तपाईको शरीरको थकान हटाएर तपाईलाई तत्कालै उर्जा दिने काम गर्छ।

शरीरमा रगतको कमी भएमा व्यक्तिलाई रक्तअल्पता(एनेमिया) लाग्छ। यदि तपाईमा रक्तअल्पता छ भने दैनिक पानीमा सात्तु घोलेर पिउँदा निकै लाभदायक हुन्छ।

सम्पूर्ण आहारको लागि जरुरी सबै तत्व सात्तुमा पाइन्छ। सात्तु खाएमा या पिएमा लामो समयसम्म भोक लाग्दैन। वजन कम गर्नको लागि सात्तुले निकै मद्दत पुर्याउँछ।

सात्तुमा हुने बिटा-ग्लुकेन शरीरमा बढिरहेको ग्लुकोजको अवशोषणको कम गरी रगतमा सुगर लेवललाई नियन्त्रणमा राख्दछ। सात्तुको सेवन दैनिक गरेमा मधुमेह रोगीले डायबिटिजलाई निकै हदसम्म नियन्त्रण गर्न सक्छन्।

उच्च रक्तचाप(हाई ब्लडप्रेसर) का बिरामीलाई सात्तुलाई पानीमा घोली त्यसमा थोरै नुन हालेर पिउन सल्लाह दिईन्छ।

गर्भावस्था तथा महिनावारीको समयमा महिलाहरुमा पोषक तत्वको कमी हुन्छ। यी पोषक तत्वको पूर्तिको लागि सात्तु एक सर्वोत्कृष्ट औषधी हो। सात्तुमा हुने भिटामिन्स र प्रोटिन्स शरीरमा पोषक तत्वको कमीको पूरा गर्दछ।

बुढापाकाहरुका लागि सात्तु अमृत समान हुन्छ। बढ्दो उमेरसँगै बुढाबुढीहरुका शरीरमा अनेक समस्याले डेरा जमाउन थाल्छन्। जसमध्ये पाचन प्रणाली खराब हुनु, कब्जियत, एसिडिटी र मुटुसँग सम्बन्धित रोगहरु आदि हुन्। यी रोगहरुसँग लड्न सात्तु निकै लाभदायक हुन्छ।

चम्किलो, गोरो एवं सुन्दर त्वचा कसले पो चाहदैनन् र ? तर आफ्नो त्वचाको खास ख्याल नगर्दा र पोषक तत्व सन्तुलन नमिल्दा तपाईको त्वचा सुख्खा, खस्रो र अस्वस्थ हुन्छ। हरेक दिन सात्तुलाई पानीमा घोलेर पिउँदा तपाईको त्वचा हाइड्रेट रहन्छ र नयाँ कोशिकाहरु बनाउन मद्दत पुग्दछ।

यदि तपाई लामो, घना, बाक्लो, सुन्दर र कालो कपाल चाहनुहुन्छ भने तपाई आफ्नो हरेक दिनको डाइटमा सात्तु ड्रिंकको प्रयोग गर्न सुरु गर्नुहोला। पोषक तत्वको कमीको कारण कपाल पातलो हुने, कपाल झर्ने र समयअगावै सेतो हुने जस्ता समस्याहरु हुन्छ। हाम्रो शरीरजस्तै हाम्रो कपालको लागि पनि पोषक तत्वको आवश्यकता पर्दछ र सात्तुमा हुने प्रोटिन, भिटामिन र एन्टि-अक्सिडेन्टले यस कमीको पूर्ति गर्दछ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:२३

सुर्यको प्रकाश नपाउँदा शरीरमा देखिन्छन् यस्ता गम्भीर समस्या !