“पूर्वराजा ज्ञानेन्द्रलाई लखेटेरै छाड्ने षडयन्त्र ? जनता चुप बस्दैनन्”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि समय अगाडी “ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्न नपरोस्” भन्दै अभिव्यक्ति दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह माथि षडयन्त्र शुरु भएको अनुमान गर्न थालिएको छ।

समय-समयमा पूर्वराजा ज्ञानेन्द्र विरुद्ध सशंकित हुँदै अभिव्यक्ति दिँदै आएपनि प्रचण्डले यस प्रकारको कडा टिप्पणी पहिला गरेका थिएनन्। तर प्रचण्डले खुलेरै ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने अभिव्यक्ति दिनुलाई राजावादीहरुले पूर्वराजा विरुद्ध तयार भैरहेको षडयन्त्रको रुपमा लिएका छन्।

ज्ञानेन्द्र बसिरहेको नागार्जुनस्थित दरबारबाट सुरक्षाकर्मी फिर्ता ल्याउने काममा प्रचण्ड स्वयम् “हात धोएरै” लागि परेको पनि बताउन थालिएको छ। सविधान बनिसकेको अवस्थामा पनि जनताले ठोस उपलब्धि महशुस गर्न पाएका छैनन्।

सोहि कारणले गर्दा जनता पूर्वराजा तर्फ फर्किने र होइनन् भन्ने मानसिकताले भयाक्रान्त भएकै कारण ज्ञानेन्द्र विरुद्ध षडयन्त्र शुरु गरिएको हुन सक्ने लख पनि काट्न थालिएको छ।

हुन त प्रचण्डलाई ज्ञानेन्द्रले सार्वजनिक रुपमा बोलेको, डुलेको, भेटघाट गरेको केहि पनि मन पर्ने गरेको छैन। ज्ञानेन्द्रले सार्वजनिक रुपमा केहि धारणा राखेलगतै प्रचण्ड वर्तमान व्यवस्था विरुद्ध षडयन्त्र भैरहेको र खतरामा रहेको अभिव्यक्ति दिन्छन्।

“जनताको चाहना पूरा गर्न खुशी-खुशी पत्रकार सम्मेलन गरेर पुर्खाको नासो नारायणहीटी दरबार छाडेर नागार्जुनमा बस्न जानुभएका पूर्व राजा विरुद्ध षडयन्त्र भए हामी चुप बस्दैनौं, जनता पनि चुप बस्दैनन्।”,एक राजावादीको चेतावनी।

ज्ञानेन्द्रले नेपालको वर्तमान संविधानले दिएको मौलिक हकको उपभोग गरी आफ्ना धारणा राख्दा र भ्रमण गर्दैमा अत्तालिएर षडयन्त्र गर्न थाले विकशित परिस्थितिले प्रचण्डलाई नै गिराउने राजावादीहरुको चेतावनी छ।

राजसंस्था पक्षधर शिव सेना नेपालले केहि दिन अगाडी मात्रै पूर्वराजाका विषयमा जथाभावी नबोल्न चेतावनी दिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट खेद्ने बताएपछि प्रत्युत्तरमा शिव सेनाले “हामी नेदरल्यान्डस् पुग्दैनौं, नेपाली जनताको साथ लिएर प्रचण्डका लागि यहिँ हेग तयार पार्छौं ।” भनेको थियो।

“पूर्व राष्ट्रपतिलाई राज्यले सुरक्षा र आवासको व्यवस्था मिलाएको छ । पूर्व प्रधान न्यायाधिश र पूर्व प्रधानमन्त्रीलाई राज्यले सुरक्षाको व्यवस्था मिलाएको छ । यस्तोमा, नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहका पछिल्ला उत्तराधिकारी ज्ञानेन्द्र शाहको सुरक्षा र आवास सुविधा खोस्नु या खोस्ने धम्की दिनु देशभक्तिपूर्ण कदम हुँदैहैन ।”,यस विषयमा एक जानकार भन्छन्।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०७:१६

आफ्नै गाउँपालिका अध्यक्षको छोरी ज्यान लिने धम्की दिएपछि प्रहरीद्वारा गोली प्रहार…