हिसाब नजानेको निहुँमा प्रधानाध्यापकले कुट्दा विद्यार्थी बेहोस् , झर्यो दाँत …

सांकेतिक तस्बिर

काठमाडौँ : विद्यालयका प्रधानाध्यापकको कुटपिटबाट बाग्लुङमा एक छात्र घाइते भएका छन् ।

बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले कक्षा १० मा अध्यनरत ६ वर्षीय कुशल पौडेललाई पिट्दा दाँत झरी बेहोस भएका हुन् ।

कक्षा १० मा अतिरिक्त गणित विषय पढाऊँदै गएका गौतमले हिसाब नजानेको निहुँमा पिट्दा छोरो बेहोस् भएको कुशलका बाबु प्रेमप्रसादले जानकारी दिए।

कुशलको अगाडीको माथिल्लोपट्टिको दाँत खसेको भन्दै विद्यालयका अन्य कर्मचारीले खबर गरेपछि आफू पुगेर सोधपुछ गर्दा कारबाही गर्ने क्रममा सो भएको बुझेको प्रेमप्रसादले बताए।

आफू समेत शिक्षक भएपनि विद्यार्थीलाई कडा यातना दिन नहुने भन्दै प्रेमप्रसादले विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०७:३६

बाटोमा हिँडीरहेकी ५१ बर्षीया महिलालाई रुखले किच्यो …