रातको १० बजे युवकको घर पुगिन् युवती, ३ हप्ता पछि दिइन् करणीको उजुरी !

काठमाडौँ – जवरजस्ती करणी आरोपमा प्रहरीले भरतपुरका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २४ मा बसोबास गर्दै आएका २४ वर्षीय बोगटी थरका एक युवक रहेका छन्।

एक युवतीलाई घरमा पुर्याएर जवरजस्ती गरेको भन्ने उजुरी परेपछि निजलाई प्रहरीले पक्राउ गरेको हो। पिडित युवतीका अनुसार बोगटीले २९ असारको राति घर पुर्याएका थिए।

घटना भएको लगभग ३ हप्ता पछि युवतीले प्रहरीमा उजुरी दिएको बताइएको छ। घटना भएको ३ हप्ता पछि मात्र उजुरी परेको हुँदा प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छ।

सहमतिमा सम्बन्ध राखेर पछि उजुरी दिएको हुन पनि सक्ने भन्दै प्रहरीले शंका व्यक्ति गरेको छ। चितवन प्रहरीका अनुसार युवती माथि पनि अनुसन्धान भैरहेको छ।

२२ साउनबाट लागू हुनेगरी ६ दिनको म्याद लिई प्रहरीले पक्राउ परेका युवक माथि थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०८:३०

सरकारले अनिवार्य प्यानको व्यवस्था गरेको विरोधमा असन बजार ठप्प …