एजेन्सी – सामाजिक संजालमा दैनिक जस्ती नयाँ-नयाँ तस्विर र भिडियोहरु भाइरल भईनै रहन्छन्। हालसालै सामाजिक संजालमा काश्मिरका एक युवकको भिडियो सामजिक संजालमा भाइरल भएको छ।
भारतले संविधानको धारा ३७० खारेज गरेपछि काश्मिरको कुना-कुनामा भारतीय सैनिक तैनाथ गरिएका बेला एक काश्मिरी युवकले मोदी सामू आफ्ना मागहरु राखेको भिडियो भाइरल भएको हो।
भाइरल भएको भिडियोमा एक युवक काश्मिरमा मदिरा पसल खोल्न अपिल गरिरहेको देखिन्छन्। उनले भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भिडियो मार्फत काश्मिरमा मदिरा पसल खोल्न अपिल गरेका हुन्।
के छ भिडियोमा ?
All those who are breast beating on behalf of the Valley Kashmiris, need to hear this out. A direct appeal to @narendramodi ji. pic.twitter.com/MLvZvYsWXk
— Nisheeth Sharan (@nisheethsharan) August 6, 2019
भिडियोमा एक युवक जमिनमा बसेर आफ्ना मागहरु राखिरहेको देखिन्छ। उनी भन्छन्,”यहाँ सडक बन्यो, स्कुल-कलेज खुले। तर अनंतनाग अहिले सम्म एउटा पनि मदिरा पसल किन खुलेन ? यहाँ एक मदिरा पसल खुल्न पर्छ। हामी मदिरा किन्नको लागि श्रीनगर सम्म पुग्छौं। त्यहाँ सम्म पुग्दा २०० देखि ३०० सम्म त खर्चनै हुन्छ। यो त हामी माथि अन्याय नै भयो नी !”
भिडियोमा ती युवकले मोदीलाई अनंतनागमा एक वाइन पसल खोलिदिन आग्रह गरिरहेको प्रष्ट सुन्न सकिन्छ।
सामाजिक संजालमा ब्यापक भाइरल
भिडियो देखा परेको देखि समयमै भाइरल हुन पुग्यो। कश्मीरी युवकको पिडा भन्दा यस भिडियोलाई सामाजिक संजालमा शेयर गरिएको पाइएको छ।