गर्भावस्थामा महिलाहरुले गर्ने यस्ता गल्तिकै कारण खतरामा पर्छन् आमा-बच्चा !

काठमाडौ । नेपालमा गर्भअवस्थामा आमाले विशेषगरी ध्यान नदिदा हरेक वर्ष जन्मने बच्चाहरुमा बहिरो ,लगंडो ,अशक्त तथा विभिन्न किसिमका रोगहरु देखिएको छ । आमाहरुले आफ्नो मात्र बारेमा सोच्ने तर पेटभित्र रहेका बच्चाको बारेका केही नसोचीकन विभिन्न नकरात्मक किसिमका खानेकुराको सेवनको कारण यस्तो भएको जानकारहरु जनाएका छन् ।

त्यसैले त हरेक गर्भवती महिलाले गर्भाधारण गर्न साथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ ।तर बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन् ।

विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरीरमा धेरै खालका परिवर्तनहरु हुन्छन् । यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो । यसै कारण उनीहरुलाई समय समयमा अमिलोपिरो, चटपटे, कुनै विशेष परिकार खान मन लाग्छ ।  त्यसैले त गर्भावस्थाको धेरै कुराहरुमा ध्यान दिनुपर्छ । यदि यी कुराहरुमा ध्यान दिएमा हुनेवाला शिशुलाई अपाङ्गताबाट बचाउन सक्छ । हेर्नुस के के हुन् ।

-पहिलो तयारी हो , गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्छ । तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस् । त्यसका साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन र यसको कारणले पछि कुनै समस्या हुँदैन ।

-त्यसैगरी दोस्रो तरिका हो ,गर्भावस्थाको क्रममा आमा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ जसलाई भाइरल इन्फेक्सन भएको छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान भन्छन् । त्यसैले सार्वजनिक स्थानमा कैयौं खालको संक्रमणको चपेटामा आएमा यसको असर भ्रुणमा पर्छ ।

-त्यसैगरी तेस्रोमा ,गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ ।

-यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।
त्यसैगरी चौथोमा हो ,यदि तपाईं गर्भवती हुनुहुन्छ भने स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ । यदि तपाईंमा मदिरा सेवन वा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनुहोस् । मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ । त्यसैले धुम्रपानको कारणले बच्चालाई कैयौ समस्याहरु हुन सक्छन् जस्तै जन्मदेखि नै कम तौल हुने हुन्छ ।

-त्यसैगरी पाचौमा ,गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुन्छ तर, फ्रेस जुसको सट्टा प्याकेज्ड जुस पिउनाका कैयौं खतरा पनि छन् । बाहिरका जुसमा ब्याक्टेरिया हुन सक्छन् । त्यस्तै कोल्ड ड्रिंकमा उच्च मात्रामा प्रिजर्भे्टिभ्सको प्रयोग भएको हुन्छ ।

-र अन्तिम हो ,गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणले केही चटपटे खानेकुरा वा जिब्रोलाई स्वाद हुने खानेकुरा खान मन लाग्छ । तर, बच्चाको स्वास्थ्यको लागि तपाईंले आफ्नो जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ । खासगरि पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी आदिको सेवन नगरेकै राम्रो हुन्छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:१०

सखरखण्डको प्रयोगले धेरैवर्ष बाच्न र जवान रहन सकिने ! अध्ययनले गर्यो यस्तो पुष्टि..