काठमाडौ । गर्भवती महिलाहरुले गर्भअवस्थामा धेरै ध्यान पुयाउनु पर्छ । यदि महिलाहरुले गर्भअवस्थामा खानाको अवस्था , सुताईको अवस्था र काममा ध्यान दिएन भने मृत बच्चा जन्मने खतरा हुने अनुसन्धानले पत्ता लगाएको छ ।
ब्रिटेनमा गर्भवती महिलाहरुमा गरिएको अनुसन्धान अनुसार प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गरेको अनुसन्धानले पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने जनाएको छ ।
त्यस्तै, अर्को ठाँउमा केही गर्भवती महिलाहरुमा गरिएको अनुसन्धानमा सुताईको अवस्था नमिलेर २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । त्यसैले गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक भएको अनुसन्धानले जनाएको छ ।
त्यस्तै प्रोफेसर एलेक्जेण्डर हीजलले मृत बच्चा जन्माएका महिलाहरुलाई सोधिएको प्रश्नमा पनि सुताईको पोजिसन नमिलेर मृत बच्चा जन्मेको प्रमाणित भएकाे छ ।
त्यसैले यदि तपाई पनि आफ्नो बच्चा मृत जन्मनुबाट बचाउन चाहनुहुन्छ भने यो तरिकाले सुत्नुस्
-पहिलो गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ बायाँ फर्कि फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा कम हुन्छ ।
– दोस्रोमा गर्भावस्थाको बेलामा महिनाहरु कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा हुन्छ । त्यसैले कम्मरको बलमा नसुत्ने ।
-तेस्रोमा राती ब्युझिँदा आफ्नो सुताइको पोजिसनको बारेमा सचेत हुने ।