अनार मानव शरीरको लागी वरदान मानिन्छ । विशेषगरी अनारलाई बिरामीको औषधीको रुपमा पनि लिइने गरिन्छ । कोहि आफन्त बिरामी भएमा धेरैजसोले अनारनै कोसेली लिएर भेट्न पुग्दछन् । शरीरमा रगतको कमी भएको छ भने अनारले सजिलै रगत बढाउने काम गर्दछ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ ।
बजारमा पाइने जुसमा केमिकलको मिश्रण हुने कारणले अनारको ताजा जुसलाईनै पिउने गरिन्छ । अनार फलको फाइदाको साथमा बेफाइदा जान्न पनि उत्तिकै जरुरी छ । आज हामी अनारको सेवन गर्नुको बेफाइदाको बारेमा बताउँदैछौं ।
१. यदि तपाईलाई चिसोयाममा इन्फ्लुएंजा, कब्जियत जस्ता समस्याले सताएको छ भने अनारको सेवन गर्दा समस्या बल्झन् सक्छ । त्यसैले यस्तो समस्या हुदाँ अनारको सेवन नगर्नुहोस् ।
२. रक्तचाप नियन्त्रण गर्ने र हाइ ब्लड प्रेशरको लागी अनार फाइदाजनक भएपनि निम्न रक्तचाप भएकाको लागी अनार बेफाइदाजनक छ ।
३. कुनै औषधीको सेवन गर्ने व्यक्तिले पनि डाक्टरको सल्लाह बिना अनारको सेवन गर्नुहुदैन् । एलर्जीको समस्या छ भने डाक्टरको सल्लाह लिनुपर्द, नत्र एजर्लीको समस्या बढ्ने गर्दछ ।
४.मानसिक समस्या वा एड्स रोग लागेको स्थितीमा पनि अनारको सेवन फाइदाको साथमा कसैलाई हानीकारक पनि हुनसक्ने कारण साबधानी अपनाउनुहोस् ।