पाकिस्तान भारतीय संसद्को फैसलाबाट आक्रोशित बनेको छ । भारतले काश्मीरमा जातीय नरसंहार गर्न खाजेको आरोप लगाएको छ । काश्मीरलाई विवादित् भू–भागकारूपमा अन्तर्राष्ट्रिय मान्यता रहेको उसको जिकिर छ । संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्मा विवादित भू–भागका रूपमा यो दर्ज भएकाले अब यसको अन्तर्राष्ट्रियरूपमै वैधताको परीक्षण गर्ने उसले बताएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पाकिस्तान यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेको छ । पाकिस्तानी विदेशमन्त्री शुक्रबारै चीन गएका छन् भने प्रधानमन्त्री इमरान खान टर्की, मलेसियालगाउतका देशको समर्थन बुटुलिरहेका छन् । काश्मीरी जनतामाथिको भारतीय कत्लेआम हेरेर बस्न नसक्ने उसले बताएको छ ।
पाकिस्तनले भारतको व्यापारलाई स्थगन गरेको छ भने पाकिस्तानस्थित भारतीय राजदूतलाई देश निकाला गरेको छ । हाल पाकिस्तानमै रहेका भारतका लागि पाकिस्तानी राजदूतलाई भारत नजान आदेश दिएको छ ।
भारतका लागि उपलब्ध गराउँदै आएको हवाइ मार्ग बन्द गर्नुका साथै दुई देशबीच चल्ने रेल सेवा पनि बन्द गराएको छ । काश्मीरको विषय भारतको आन्तरिक मामला भएकाले अन्तर्राष्ट्रिय चासो अनावश्यक रहेको भारतका गृहमन्त्रीले बताएका छन् ।