काठमाडौँ – नुहाउन गएका बेला खोलामा डुबेर धादिङ स्थित गजुरी गाउँपालिमा दुई जना बेपत्ता भएका छन्।
गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएकाबेला डुबेर दुई बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ रहेका छन्।
शनिबार बिहान १० बजेको समयमा खोलामा ४ जना डुबेको र २ जनाले पौडेर ज्यान जोगाएको स्थानीयहरुले जानकारी दिए। खोलामा जथाभावी उत्खनन् गरेको कारण यस्ता घटना घट्ने गरेको स्थानीयहरुको आरोप छ।
डुबेर दुई जना बेपत्ता भएपछि आक्रोशित स्थानीयहरुले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्।
ठूलो संख्यामा जम्मा भएका स्थानीयहरुले दुईवटा स्काभेटरमा आगो लगाउनुका साथै अन्य स्काभेटरमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ।